जोरपाटीको नयाँबस्तीबाट पाँच लाख नगदसहित १३ जना जुवाडे पक्राउ

मङ्सिर १७, जोरपाटी । काठमाडौँ जोरपाटीको नयाँबस्तीबाट आइतबार मध्यराति जुवा खेलिरहेको अवस्थामा रु पाँच लाख ३१ हजार नगदसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दसहित सादा पोसाकमा खटेको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ स्थित राम कार्कीले सञ्चालन गरेको पूर्वेली गेष्ट हाउसबाट १६ थान कौडासहित पक्राउ गरिएको हो ।

प्रहरी नायब उपरीक्षक चन्दका अनुसार ठूलो समूहमा ठूलो रकमको साथ जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले रातको १२ बजे धादिङ घर भई काठमाडौँमा होटल सञ्चालन गर्र्दै आएका ३६ वर्षीय राम कार्कीसहित १३ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बारा स्थायी घर भई काठमाडौँ बस्ने ४२ वर्षीय राजकुमार तिवारी, काभ्रे घर भई काठमाडौँ बस्ने ३४ वर्षीय केशव नेपाल, उदयपुर घर भई काठमाडौँ बस्ने ३० वर्षीय मानबहादुर मगर, सिन्धुपाल्चोक घर भई काठमाडौँ बस्ने ३६ वर्षीय विशाल सुनारसहित १३ जना रहेका रहेका छन ।
पक्राउ परेको उनीहरुको थप अनुसन्धान भइरहेको तथा प्रचलित कानून अनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.