‘विदेशीले नदेखुन भनेर निर्मलाको पोस्टर हटाईएको हो’–प्रहरी प्रवक्ता

मंसिर १६, काठमाडौं । निर्मला पन्तको न्यायका लागि टाँसिएका पोस्टर हटाईएको बारे प्रहरीले प्रष्टिकरण दिएको छ । शुक्रबार प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टरहरु हटाएको थियो । त्यस्तै शनिवार पोखरामा पनि प्रहरीले नै पोस्टर च्यातेको थियो ।

उक्त कदमको चौतर्फी विरोध भएपछि प्रहरीले प्रष्टिकरण दिएको हो । नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले विभिन्न देशबाट आएका पाहुनामा गलत सन्देश नजाओस् भनेर सडकमा टाँसिएका पोस्टर हटाएको बताएका छन् । उनले भने, ‘विभिन्न देशबाट आएका पाहुनामा गलत सन्देश नजाओस् भनेर सडकमा टाँसिएका निर्मला पन्तको तस्बीर अंकित पोस्टरहरु हटाएको हो ।’

उनले भीभीआईपीको आवतजावत हुने ठाउँको मात्रै पोस्टरहरु निकालिएको बताउँदै अन्य ठाउँमा भने प्रहरीले कुनै पनि हस्तक्षेप नगरेको दाबी गरे । तर, सामाजिक सञ्जालमा भने सामान्य सडकमा टाँसिएका तस्बिरसमेत प्रहरीले च्यातेको दृश्य देखिन्छन् । अहिले विभिन्न देशका पाहुना काठमाडौंमा रहेका र यस्तो बेला विरोध गर्ने, जथाभावी पर्चा पम्लेट टाँस्ने गर्दा नेपालको छवि धुमिल हुने भएकाले केही ठाउँमा टाँसिएका पोस्टर हटाउनुपरेको प्रवक्ता सुवेदीको भनाई छ ।

अर्को प्रशंगमा पोस्टर टाँस्नेलाई पक्राउ नगरिएको दाबी गरे । उनले भने, ‘पोस्टर टाँस्नेलाई पक्राउ गरिएको होईन् । विरोधको नाममा सडक अवरुद्ध गर्नेहरुलाई मात्र पक्राउ गरिएको हो’ सुवेदीले भने ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.