मंसिर १६, काठमाडौं । काठमाडौंको काँडाघारीबाट ११ जना जुवाडे पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले जुवा खेल्दै गरेका काभ्रेका दिनेश राज गिरीसहित ११ जनालाई पक्राउ गरेको हो । काठमाडौं मनोहरा नगरपालिका ९ सनसिटी पार्टी प्यालेस नजिकैबाट पक्राउ गरिएका उनीहरुको साथबाट १ लाख १५ हजार ४ सय ४० रुपैयाँ पनि बरामद भएको छ । उनीहरुमाथि जुवा ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

