दुई सन्तानकी आमा तीन दिनदेखि बेपत्ता

मङ्सिर १६, काठमाडौं। दोलखा बिगु २ आरोङकी ३० बर्षीया सुष्मा तामाङ तीन दिनदेखि बेपत्ता भएकी छिन । परिवारका सदस्यका अनुसार उनी बिहीबारदेखि बेपत्ता भएकी हुन ।

आरोङस्थित माईती गएर चरिकोटस्थित डेरा आईपुगेकी उनी एकाएक सम्पर्कविहीन भएको परिवारका सदस्य हेमा लामाले बताईन । माईतीबाट चरिकोट फर्केर डेरा पुगिछिन । केही सामग्री पनि लगेको पाईयो । तर, उनी कहाँ गईन केही पत्तो लाग्न सकेको छैन ।

तीन दिनदेखी उनको मोबाईल फोन पनि स्विच अफ छ, हेमाले भनिन ।

परिवारका सदस्यका अनुसार सुष्माका दुई छोरा छन । उनको श्रीमान चरिकोटमै सामान्य व्यवसाय गरी बस्छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.