राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिलाई जिम्मेवारी

मंसिर १५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र पोल्याण्डतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा संविधानबमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ ।

राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औँ सम्मेलनको उद्घाटन समारोहमा भाग शनिबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी राष्ट्रपतिले तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।– रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.