अनाथ बालबालिकालाई सामग्री वितरण

मंसिर १४, भक्तपुर। किवानिज क्लव सिन्धुपाल्चोकले अनाथ बालबालिकालाई जाडोको मौसममा उपयोगी ज्याकेट र खाद्यान्न वितरण गरिएको छ । ्

भक्तपुर कागेश्वरीमा रहेको सिजृनशिल बाल सेवा परिवार बाल आश्रममा रहेका १७ जना अनाथ बालबालिकालाई एक कार्यक्रम आयोजना गरि सो सहयोग गरिएको हो । क्लवका सचिव रामचन्द्र थापाको जन्मदिनको अवसर पारेर सो बाल आश्रममा रहेका अनाथ बालबालिकालाई जाडो मौसममा उपयोगी हुने ज्याकेट र खाद्यान्न सामग्री हस्तारण गरिएको क्लवका अध्यक्ष सुजित बस्नेतले बताउनुभयो । उहाँले बालबालिका मार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न क्लव अग्रसर रहेको बताउनुभयो ।

किवानिज चिल्ड्रेन फन्ड नेपालका अध्यक्ष दामोदर ढकालले अनाथ बालबालिकाहरुलाई सहयोग गर्नु ठुलो धर्मको काम भएको बताउदै जन्मदिनको अवसरमा यस्तै रचनात्मक काम गर्न सबैलाई आग्रह गर्नुभयो । सृजनशिल बाल सेवा परिवारका अध्यक्ष उमादेवी बस्नेतले आफ्नो जीवन अनाथ बालबालिकाका लागि सुम्पेको बताउनुभयो । उहाँले अनाथ बालबालिकाको सेवामा जीवनभर लाग्ने प्रण गरेको बताउदैँ–‘अब मेरो जीवनको उद्देश्य एउटै छ, त्यो भनेको यी टुहुरा बालबालिकाको सेवामा जीवन विताउनु हो’ । उहाँले आश्रमै आएर सहयोग गरेकोमा क्लवका सबै पदाधिकारीलाई धन्यवाद दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.