‘क्रेडिट ट्रान्सर्फर पोलिसी’ ल्याउने तयारी त्रिभुवन विश्वविद्यालय

मंसिर १४, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब एउटै विषय अन्य संकायको पाठ्यक्रममा भए दोहोर्याएर पढ्न नपर्ने भएको छ ।

यसका लागि त्रिविले ‘क्रेडिट ट्रान्सर्फर पोलिसी’ ल्याउने तयारी थालेको हो । क्रेडिट ट्रन्सर्फर मार्फत अब एउटा संकायबाट पास गरेको विषयलाई विद्यार्थीले पुनः अर्को संकायको पाठ्यक्रममा भए पढ्न पर्दैन । यो व्यवस्था विदेशबाट पढेर आएको विषयमा समेत लागु हुने त्रिविले जनाएको छ । त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. ऋदिशकुमार पोखरेलले क्रेडिट ट्रान्सर्फर अन्तर्गत एउटै संकायसँग मिल्दो विषय अर्को संकायमा दोहोरिने भए विद्यार्थीले सो विषय पढ्न नपर्ने गरी नीति ल्याउन लागिएको जानकारी दिए । “एउटै विषय विभिन्न संकायमा रहने भएकाले दोहोर्याएर पढ्नुपर्ने अवस्था छ । यस्तो व्यववस्था हटाउन के्रडिट ट्रान्सर्फरको व्यवस्था ल्याउन लागिएको हो,” उनले भने ।

क्रेडिट ट्रान्सर्फरको लागि विद्यार्थीले मार्कसिटसहित निवेदन दिनुपर्नेछ । पढिसकेको विषयमा पाएको अंक र प्रतिशतलाई नयाँ मार्कसिटमा जोडेर गणना हुनेछ । सोही गणनाको आधारमा प्रमाणपत्र जारी गरिने उनले जानकारी दिए । त्रिविले यसका लागि समिति गठन गरेर सम्बन्धित विषयविज्ञको सल्लाह लिने तयारी गरेको छ । विद्यार्थीबाट आएको विषयगत निवेदनको पाठ्यक्रम र त्रिविले लागू गरेको पाठ्यक्रममा कम्तिमा ८० प्रतिशत विषयवस्तु मिल्ने भएमात्रै ट्रान्सर्फर दिने प्रावधान छ । पोखरेलले भने, “यस्तो व्यवस्था विदेशमा लागु भएपनि नेपालमा समेत त्यसको आवश्यकता महसुस भएर हामी यसै वर्षबाट लागु गर्ने तयारीमा छौं । नीति बनिसकेको छ, कार्यान्वयनमा आउनमात्रै बाँकी छ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.