मंसिर १४, काठमाडौं । एसिया प्यासिफिक सम्मेलनका लागि काठमाडौं आउने पाहुनाको यातायात सहज बनाउन भन्दै सरकारले चारदिनसम्म गरेको जोर बिजोर प्रणालीका कारण यात्रुले निकै सास्ती बेहोर्नुपरेको भन्दै चौतर्फी आलोचना भएपछि सरकार निर्णयबाट पछि हटेको छ ।
गृह मन्त्रालयले शुक्रबार बिहान साढे ११ बजेपछि जोर बिजोर लागु नगर्न निर्देशन दिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ र १५ गते बिजोर र १४ र १६ गते जोर नम्बर भएका सवारी साधन चलाउन पाइने व्यवस्था गरेको गरेको थियो । तर पनि सम्पूर्ण सरकारी, अर्धसरकारी र निजी कार्यालयहरु सञ्चालनमा रहेका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो । जोर बिजोर प्रणालीको अवज्ञा गर्न भन्दै युवाहरु सडकमा उत्रिएका थिए ।

