अदालतको स्टे अर्डरले सुशासन कायम राख्न अप्ठेरोः मन्त्री अधिकारी

मंसिर १३, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले अदालतको स्टे अर्डरका कारण सुशासनमा अप्ठेरो परेको बताएका छन् । राजधानीमा नेपाल स्वतन्त्र होटल, क्यासिनो रेष्टुरेन्ट मजदुर यूनियन (नेस्वहोमयू) को ३८ औं स्थापना दिवसको उद्घाटन गर्दै उनले जनताले सुशासन चाहएको बेला अदालतले गलत तरिकाको स्टे अर्डर गर्दा सुशासनमा समस्या आएको बताए ।

कानून नभएकाले पनि यो समस्या देखा परेको भन्दै उनले क्यासिनो लगायत पर्यटन क्षेत्रलाई समेट्ने नयाँ संघीय पर्यटन ऐन–२०७५ जारी गर्ने तयारीमा सरकार रहेको बताए । उनले अबको तीन÷चार महिनामा संसदले त्यो कानून ल्याउने र पर्यटन क्षेत्रका तमाम समस्या समाधान गर्न सहज हुने उनको विश्वास थियो । ‘२०३५ सालको पर्यटन कानून ८० प्रतिशत संशोधनको खाँचो देखिएपछि अहिले ऐनको मस्यौदा भईरहेको छ । आउँदो संसदबाट पास गछौं, जसले क्यासिनो होटल लगायत पर्यटन क्षेत्रका सबै क्षेत्र व्यवस्थित गरिने बताए ।

मन्त्री अधिकारीले नेपालमा पर्यटनबाट जिडीपीको योगदान १० प्रतिशतसम्म पु¥याउन गृहकार्य गरिरहेको बताए । मजदुरको हकहितका लागि कुनै कसर बाँकी नराखी रोयल्टी नतिर्ने क्यासिनो नविकरण नगरिने र ‘सिमाक्षेत्रका केही महत्वपूर्ण ठाउँमा क्यासिनोको बढी सम्भावना रहेकोलाई क्यासिनो हबको रुपमा विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा होटल संघ नेपाल (हान) का अध्यक्ष अमरमान शाक्यले मजदुरको दक्षता विकास गरी पर्यटनको विकासमा लाग्न आफूहरु दत्तचित्त रहेको बताए । त्यस्तै नेस्वहोमयूका अध्यक्ष सूर्यबहादुर कुँबरले होटल, क्यासिनो तथा रेष्टुरेन्ट क्षेत्रका मजदुरको समस्याका सन्दर्भमा पर्यटन मन्त्रीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा सहभागी अन्य मजदूरले क्यासिनो तथा मनोरञ्जन क्षेत्रमा सञ्चालकले विभिन्न बहानामा ज्यादति गरेको भन्दै आक्रोश व्यक्त गरे । त्यस्तै अग्रज ट्रेड युनियनकर्मी र व्यवसायीलाई सम्मान गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.