मंसिर १३, बाँके । अज्ञात समुहद्वारा नेपालगञ्जको धम्बोझीमा ५ वटा इलेक्ट्रिक रिक्सामा आगजनी गरेको छ। धम्बोझी चोकदेखी करिव दुई सय मिटर पश्चिममा पार्किङ गरेर राखिएको को.न.पा. १५५, भे १ ह १२२०, भे १ ह २३३९, जमुनी २२९ र रनियापुर ४७ नम्बरका ईलेक्ट्रिक रिक्सामा आगजनी भएको हो ।
स्थानीय अव्दुल लतिफ हल्वाईको ४ वटा र अव्दुल रसीको एउटा इलेक्ट्रिक रिक्सामा बुधबार राती करिव पौने १२ बजेतिर आगजनी भएको प्रहरीले जनाएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

