प्रिमियर स्टिलको ‘प्रोडक्ट लन्च’

मंसिर १३, काठमाडौं । प्रिमियर स्टीलको प्रोडक्ट लन्च भएको छ । शारडा ग्रुपले कम्पनीको उत्पादनका बारेमा जानकारी दिनुका साथै बिक्रेतालाई फ्याक्ट्री अवलोकनसमेत गराई प्रोडक्ट लञ्च गरेको हो ।

प्रोडक्ट लन्च तथा अवलोकन कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, अनुप शारडा, कम्पनीका प्राविधिक प्रमु अभिजित सिंहको उपस्थिति रहेको थियो । सो अवसरमा शारडा ग्रुपका अध्यक्ष शारडाले उद्योगले ८ देखि ३२ एमएमका फलामे डन्डीको उत्पादन एक घन्टामा ४० टनका दरले उत्पादन गर्न सक्ने उद्योगको स्थापना गरिएको जानकारी दिए । उनका अनुसार दैनिक २० घन्टा उद्योग सञ्चालन गरेर ४ घन्टा मेन्टेनेन्स गरिने छ । उनले अहिलेसम्मकै सबैभन्दा आधुनिक र उन्नत प्रकारको भारतीय मेसिनबाट फलामे डन्डीको उत्पादन गरिने बताए । उद्योगले टिएमटी छड उत्पादन गर्न चाहिने कच्चा पदार्थ बिलेटमा पाइने विभिन्न गुणस्तरमध्ये प्राइम बिलेट मात्र प्रयोग गरिने दाबी गरेको छ ।

उद्योगमा पूर्ण स्वचालित रोलिङ प्रणाली भएकाले मानवजन्य गल्तीका कारण उत्पादन कमजोर नहुने कम्पनीको दावी छ । प्रिमियर स्टिलमा भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम, उडिसाको रायगढ, झारखण्डस्थित जमसेदपुर र पश्चिमबंगालस्थित दुर्गापुरबाट कच्चापदार्थ बिलेट ल्याइनेछ ।
उद्योगलाई ६ मेगावाट विद्युत् आवश्यक पर्ने छ । डन्डीको मुख्य बजार तत्काललाई प्रदेश १ र २ रहेको बताइएको छ । केही समयपछि उत्पादनलाई मुलुकभरि नै पुर्याउने लक्ष्य राखिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.