मंसिर १३, काठमाडौं । भोलिदेखि सुरु हुने एशिया प्यासिफिक समिट २०१८मा भाग लिन क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन तथा म्यान्मारका स्टेट काउन्सिलर आङ सान सूकी आज नेपाल आउँदैछन् । अन्य अतिथीहरु पनि आज काठमाडौं आउने कार्यक्रम रहेको छ ।
क्याम्बोडियाका प्रधानमन्त्री र म्यान्मारका स्टेट काउन्सिलरले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ । विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं आउन लागेकोले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । विहीबार बिहानैदेखि उच्चस्तरीय प्रतिनिधिमण्डलको यात्रामार्गमा पर्ने सडकका आसपासमा प्रहरीहरु खटाइएका छन् । सो समिटको विश्व हिन्दू महासंघले भने बुधबार पत्रकार सम्मेलनको आयोजना गरी विरोध गरेको थियो ।
आजदेखि नै सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएकोले सडकमा सवारी साधनको संख्या केही पातलो रहेको छ ।

