अफगानिस्तानमा २६ लडाकू मारिए

मंसिर १३, काठमाडौं । फगानिस्तानको पूर्वी घाज्नी प्रान्तमा सुरक्षाकर्मीको कारबाहीमा परी २६ भन्दा बढी लडाकू मारिएका छन् ।

तालिबान लडाकूहरुको अखडामा भएको आक्रमणमा परी अरू २० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन् ।सेनाले बुधबार जारी गरेको वक्तव्यका अनुसार सेनाले तालिबान लडाकूहरु त्यहाँ रहेको थाहा पाएरै आक्रमण गरेको थियो । सेनाले अन्डार, गिलान, क्वार्जाघलगायतका जिल्लाका विभिन्न ठाउँमा आक्रमण गरेको वक्तव्यमा उल्लेख छ ।

लडाकूहरुले प्रयोग गर्ने हातहतियार र अन्य बन्दोबस्तीका सामग्री पनि नष्ट गरिदिएको सेनाले जनाएको छ । घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.