मकवानपुर उद्योग वाणिज्य सङ्घ

मंसिर १२, हेटौंडा । स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै यो वर्षको औद्योगिक व्यापार मेला फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा यस वर्ष मेला सञ्चालन गर्नका लागि स्थान परिवर्तन गरी हेटौंडाको क्याम्पाडाँडालाई तोकिएको आयोजकले जानकारी दिएको छ । अध्यक्ष कृष्णकुमार कटुवालले अब हुने भेलामा उच्छृङ्खल प्रस्तुति नराखिने तथा दर्शक एवम् अतिथिलाई व्यवस्थापन गर्न विशेष कार्यक्रम राखिने जानकारी दिए । मेलामा बोटिङको व्यवस्था गरिनेसमेत आयोजकले जनाएको छ ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.