माछापुछ्रे बैंकको एटीएम काउन्टर तोडफोड

मंसिर ११, काठमाडौं । राजधानीको थापाथलीस्थित नेपाल राष्ट्र बैंकको कार्यालय नजिकै मुख्य सडक छेउमै रहेको माछापुच्छ्रे बैंकको एटीएम काउन्टरमा गएराति तोडफोड भएको छ ।

माथिल्लो तलामा सुरक्षा गार्ड रहेकोमा उनले राति २ बजे ठूलो आवाज आएको सुनेका थिए । ओर्लेर तल हेर्दा एटीएमको काउन्टरको ढोका फोडिएको थियो । पैसा भने चोरी नभएको सुरक्षा गार्डले बताए । उनका अनुसार राति नै प्रहरीका दुई टोली आएर हेरेर गएका थिए । रकम नहराएकाले मादक पदार्थ सेवन गरेको कोही व्यक्तिले तोडफोड गरेको हुन सक्ने भन्दै प्रहरी हिंडेको सुरक्षा गार्डले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.