मंसिर ११, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
आवश्यक तयारी नपुगेको भन्दै सोमबार स्थगित गरिएको बैठक आज बस्न लागेको हो । केन्द्रीय कार्यसमितिको कार्यबिभाजनका लागि नेताहरु तयारीमा थिए ।
आजको बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन र पोलिटब्यूरो कमिटी गठन गर्ने विषयमा थप छलफल गरी टुंगोमा पुग्ने बताइएको छ । केन्द्रीय सदस्यको कार्य विभाजनपछि मात्रै जनवर्गीय सङ्गठनको एकीकरणको प्रक्रियामा प्रवेश गरिने नेकपाले जनाएको छ ।
नेकपाको पार्टी एकता भएको ६ महिना पूरा हुँदा पार्टीको तल्लो तहसम्म एकता प्रक्रिया अघि बढ्न सकेको छैन । सचिवालयको बैठकपछि पार्टी स्थायी समितिको बैठक बोलाउने तयारी नेकपाको छ ।

