जगदम्बा कंक्रिटोको प्रिभ्यु मिट सम्पन्न

मंसिर १०, काठमाडौं । जगदम्बा कंक्रिटोको प्रिभ्यु मिट सम्पन्न भएको छ ।

जगदम्बा गु्रप्र र हार्डवेयरको वृहत सञ्जाल भएको राजेश हार्डवेयरको संयुक्त लगानीमा विरगञ्ज स्थित जगदम्बा कंक्रिटो उद्योगले नेपालमा यूरोपियन प्रविधी अर्थात् जर्मनी र बेलायती ईन्जिनियरिङ प्रयोग गरी विविध प्रिकास्ट वस्तुहरु उत्पादन गर्दै आइरहेको छ । यस उद्योगले ब्लक, पेभर्स, कर्ब, फ्ल्याग टाइल्ट ड्रेनलगाएत थुप्रै उत्पादनहरु विक्रि गर्दै आइरहेको छ । प्रिभ्यू मिटमा उक्त वस्तुहरुको गुणस्तर, प्रयोग विधि तथा फाइदाको बारेमा छलफल भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख आतिथ्यता रहेका सहरी विकास मन्त्री मोहमद इस्तियाक राईले यस किसिमका वस्तुहरुको प्रयोगले नेपाल वातावरण मैत्री हुनुका साथै विश्वस्तरीय संरचना बन्ने हुँदा लगानीको कुल लागतमा पनि बचत हुने भएकोले सम्पूर्ण सरकारी प्रयोजनाहरुमा यस किसिमका वस्तुहरु प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उक्त कार्यक्रममा सहभागीले यस्ता खालका उत्पादनले संरचनालाई आधुनिक बनाउने र नेपालको रेमिट्यान्स बाहिर जान रोक्न समेत मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.