निर्मलाको बाबुको उपचारका लागि बाबुरामले गरे एक लाख सहयोग

मंसिर १०, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले निर्मला पन्तका बुबा यज्ञराज पन्तको उपचारका लागि एक लाख रुपैंया सहयोग गरेका छन् ।

निर्मला हत्यारालाई कार्बाहीको माग गर्दै धर्नामा बसेका निर्मलाका बुबाको मानसिक सन्तुलन गुमेपछि उनलाई उपचारका लागि काठमाडौं ल्यार्इएको थियो । निर्मला पन्तका बलात्कारी हत्यारालाई कार्बाही हुनु पर्ने माग गर्दै आएको नयाँ शक्ति पार्टीले जनाएको छ । नयाँ शक्ति पार्टीका अष्ट्रेलियामा रहेका समर्थकले पठाएको रकम हस्तान्तरण गरिएको पार्टीका प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.