ठगी गर्ने १२ वटा पेट्रोलपम्प कारवाहीमा

मङ्सिर १०, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ । विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो ।

कारवाही पर्नेमा विजय आयल स्टोर कलैया बारा, ममता आयल स्टोर कलैया बारा, स्वस्थानी आयल स्टोर बरीयापुर बारा, अमित आयल स्टोर बारा, शङ्कर आयल स्टोर बारा, न्यू बगलामुखी आयल स्टोर स्वयम्भू काठमाडौँ, शङ्कर पेट्रोलियम रुपन्देही, रिया आयल सप्लायर्स कपिलवस्तु, खुश्बु फ्यूल सप्लायर्स ओखलढुङ्गा, हरिओम आयल स्टोर बारा, जयविकास आयल स्टोर बारा, लुम्बिनी लोटर्स आयल स्टोर रुपन्देही रहेका छन् ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सफ्टवयर प्रविधिको माध्यमबाट व्यापक मात्रामा उपभोक्ता ठगी गर्ने पेट्रोलपम्पलाई कारवाही गरिएको बताउनुभयो । “कारवाही गरिएका पेट्रोलपम्पलाई नगद रु ३० हजार, तीन वर्ष कैद र पेट्रोल पम्प शिलबन्दी गरेका छौँ”, उहाँले भन्नुभयो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.