सवारी दुर्घटनामा परी भारतमा पन्ध्रको मृत्यु

मंसिर ८, नयाँदिल्ली । भारतको कर्नाटकमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

शनिबार भएको यात्रुवहाक बस दुर्घटनामा परी अन्य कैयौँ घाइते पनि भएका अधिकारीले जनाएका छन् । कर्नाटक राज्यको राजधानी बेङ्लुरुदेखि १०५ किलोमिटर टाढा घटना भएको बताइएको छ । दुर्घटना भएपछि बस नहरमा खसेको थियो ।

ती घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको समाचारमा जनाइएको छ । केही घाइतेकोको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले अनुमान गरेका छन् । रासस÷सिन्ह्वा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.