सर्जियो रामोसले ‘एन्टी डोपिङ’ नियम तोडेको आरोप अस्वीकार

मङ्सिर ८, काठमाडौं। रियल मड्रिडले आफ्ना कप्तान सर्जियो रामोसले सन २०१७ को च्याम्पियन्स लिग फाइनलका क्रममा एन्टी डोपिङ नियम तोडेको आरोप अस्वीकार गरेको छ ।

जर्मन पत्रिका डेर स्पिगलले स्पेनिस राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रामोस डोपिङ परीक्षणका असफल भएको रिपोर्ट सार्वजनिक गरेको थियो । उनले बिना अनुमति डेक्सामेथासोन नामक औषधि प्रयोग गरेको रिपोर्टमा जनाइएको छ, जुन औषधि परीक्षकको अनुमतिबिना प्रयोग गर्ने छुट हुँदैन ।

पत्रिकाको रिपोर्टमा डोपिङ परीक्षण अधिकारीलाई उदृत गरी ३२ वर्षीय रामोसले एन्टी डोपिङ नियम तोडेको आरोप लगाइएको छ । साथै युरोपेली फुटबल महासंघले रामोसको माफी स्वीकार गरेको छ र खेलाडीलाई प्रतिबन्धित औषधि प्रयोग गर्नुमा क्लवका चिकित्सकलाई दोषी ठहर गरेको छ । विज्ञप्ति जारी गर्दै रियल मड्रिडले रामोसले कहिल्यै पनि एन्टी डोपिङ नियम उल्लंघन नगरेको प्रष्ट पारेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.