दार्चुलामा भक्तजन बोकेको बस दुर्घटनाः १७ जना गम्भिर घाइते (नामसहित)

मंसिर ७, दार्चुला । दार्चुलाका मालिकार्जुन तेर्छालेकमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको भनिएपनि प्रहरीले अहिलेसम्म १ जनाको मात्रै ज्यान गएको पुष्टी गरेको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको पिथौरागढ अस्कोट घर भइ पस्तीमा खोटो उद्योगमा काम गर्ने अनिल पाल रहेका छन् । दुर्घटनामा परि अन्य ७ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइतेमा लेकम ४ का २८ वर्षीया लक्ष्मी कुँवर, दौलत कुँवर, २५ वर्षीया लक्ष्मी कुँवर रहेका छन् । त्यस्तै मालिकाजुर्ननका भुपेन्द्र धामी, मालिकार्जुन ८ कै रमेश धामी रहेका छन् । अर्का गम्भिर घाइते मृतक पालकी श्रीमती र एक जनाको परिचय खुलेको छैन् ।

घाइतेहरुलाई गोकुलेश्वर अस्पतालबाट रिफर गर्ने तयारी भइरहेको छ । गएराति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस आज बिहान पौने पाँच बजे दुर्घटना भएको हो । गए राति मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो । जात्रा सकेर दार्चुला सदरमुकाम आउने क्रममा बस दुर्घटना भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.