पार्टी र संगठनबाट निष्काशितहरुसग सचेत रहन आग्रह

मंसिर ७, काठमाडौं । क्रान्तिकारी पत्रकार संगठनले पार्टी र संगठनवाट निष्काशितहरुसग सचेत रहन आग्रह गरेको छ साथै उसले नेपालले यही मंसिर ८ गते हुन गईरहेको मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीको बृहत आमसभालाई सफल पार्नका लागि सहयोग गर्न आम जनसमुदायलाई आग्रह समेत गरेको छ ।

संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले आज एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाण्डौंमा हुने बृहत आमसभालाई सफल बनाउन सहयोगका लागि सम्पूर्ण मिडियाकर्मी,नागरिक समाज,बुद्धीजीवि,अधिकारकर्मी लगायत आम जनसमूदायलाई आग्रह गरेका हुन् । साथै संगठनले मातृ पार्टी र संगठनबाट कारवाहीमा परिसकेका व्यक्तिले पार्टी र संगठनको नाम भजाएर हिडिरहेको भन्दै सचेत रहन सबैलाई आग्रह समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ – ‘आस्था र विचारका हिसाबले नेपाल कम्युनिष्ट पार्टी निकट रहेको यस संगठनलाई बदनाम केही केहि अराजक व्यक्तिहरु निरन्तर लागिरहेकाले सचेत रहन सबैलाई आग्रह गर्दछौं ।’ क्रान्तिकारी पत्रकार संगठनले बृहत आमसभाको प्रचार प्रसारका लागि मातृ पार्टीले नै प्रचार प्रसार उपसमिति गठन गरेर केन्द्रीय सदस्य चिरण पुन ‘मिलन’ को संयोजकत्वमा काम गरिरहेको समेत स्पष्ट पारेको छ ।

यसअघि पार्टी र सँगठनको कारवाहीमा परिसकेका र अहिले कुनै सम्पर्कमा नरहेका जन्मदेव जैसी, बाबुराम भुषाल लगायतले आफूलाई पार्टी निकट र संगठनको मान्छे भन्दै विभिन्न ठाँउमा पुगेको जानकारी आएपछि क्रान्तिकरी पत्रकार संगठन, नेपालले सबैलाई सचेत गराएको हो । विज्ञप्तिमा भनिएको छ,‘मिडियाहरुसँग सहकार्य गर्ने विषयमा उपसमितिले नै काम गरिरहेको अवस्थामा यस संगठनको नाम बेचेर केही व्यक्तिले भ्रम छर्ने प्रयास गरिरहेको भन्ने सूचना आएकाले सचेत रहन सबैलाई आग्रह गर्दछौं । प्रचार प्रसार तथा मिडियालाई औपचारिक आग्रह गर्नका लागि प्रचार प्रसार उपसमिति र क्रान्तिकारी पत्रकार संगठन नेपालका पदाधिकारीसहितका सदस्यहरु आफै कृयाशिल रहेको जानकारी गराउँदछौ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.