सरकारको गलत कदमविरुद्ध बोल्न कार्यकर्तालाई सभापति देउवाको निर्देशन

मंसिर ६, रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका गतल गतिबिधिका बारेमा बोल्न कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

महासमिति बैठकमा पेश गरिने राजनैतिक एवं मस्यौदा सुझाव संकलनका लागि भैरहवामा आयोजित प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारको विरोध गर्न किन डराएको भन्दै प्रश्नसमेत गरेका थिए ।

पार्टीका नेताहरु आफूविरुद्ध लाग्ने तर अधिनायकवादतिर लम्केको ओली सरकारको विरोध नगरेको भन्दै उनले आक्रोशसमेत प्रकट गरे । ‘नेकपाका नेता माधवकुमार नेपाल केपी ओली सरकारविरुद्ध बोलिसके,’ सभापति देउवाले प्रश्न गरे, ‘के माधव नेपालको जति हिम्मत पनि हाम्रो नेतामा छैन् रु नेकपाको खिलाफमा बोल्नुस्, किन डराउनुहुन्छ रु’

सरकारको गलत कदमविरुद्ध नबोल्दा सरकार थप अधिनायकवादतर्फ लम्किएको देउवाले टिप्पणी गरे । मुलुकमा हत्या, हिंसा बलात्कारका जस्ता जघन्य अपराधका घटना दिनप्रतिदिन बढ्दै गएको भन्दै सरकार उनले सरकार असफल भएको दावी गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.