एनएमबी बैंकको लाभांश दोब्बरले वृद्धि

मंसिर ६, काठमाडौं । एनएमबी बैंकले गत बर्षको तुलनामा यस बर्ष दोब्बर लाभांश दिने भएको छ । बैंकको ३६९ औं बोर्ड बैठकले आर्थिक बर्ष २०७४÷७५ को नाफाबाट शेयरधनीलाई ३० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले गत बर्ष १५ प्रतिशत बोनस शेयर लाभांश दिएको थियो। यस बर्ष बैंकले १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांश साधारणसभा र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि वितरण गरिने छ । बैंकले गत वर्ष एक अर्ब ८१ करोड रुपैयाँ नाफा गरेकोमा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ४९ करोड रुपैयाँ नाफा गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.