नेपालको चौतर्फी विकासमा हरतरहले भारतले सघाउने प्रतिबद्धता

मंसिर ६, काठमाडौँ । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपालको चौतर्फी विकासमा हरतरहले भारतले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बुधवार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको आर्थिक–सामाजिक विकासका साथै शैक्षिक एवं सांस्कृतिक उन्नयनमा पनि भारतले निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि सक्दो सहयोग गर्ने दृढता व्यक्त गर्नुभयो । भारत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा आगामी मङ्गलबार राजदूत निवासको पटाङ्गिनीमा विश्वविख्यात तबलावादक उस्ताद जाकिर हुसेनले प्रस्तुत गर्ने साङ्गीतिक कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार भेटमा राजदूत पुरीले नेपालप्रति भारत सधैँ सकारात्मक र सहयोगी रहेको दोहो¥याउनुभयो ।

भाषा, साहित्य, कला, संस्कृतिका साथै गीतसङ्गीतका माध्यमबाट जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने बताउँदै उहाँले भारत र नेपालबीचको शताब्दीऔँ पुरानो सांस्कृतिक सम्बन्ध जाकिर हुसेनको प्रस्तुतिबाट नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “नेपाली कलाकार ज्यादै प्रतिभावान् हुनुहुन्छ, हामी कलाकार आदानप्रदान गरेर एकअर्कालाई मनोरञ्जनमात्र दिँदैनौँ सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धनमा योगदान पनि गर्छौं,” नेपाली र भारतीय नागरिक गीतसङ्गीतका माध्यमबाट जोडिरहेका र त्यो सम्बन्ध देशीय सिमानारहित रहेको प्रस्ट्याउँदै राजदूत पुरीले भन्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.