कांग्रेस शीर्ष नेतालाई जिल्ला नजान निर्देशन

मंसिर ६, काठमाडौं । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस शीर्ष नेताहरूको अनौपचारिक बैठकमा सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई केही दिन जिल्ला नजान निर्देशन दिएका छन् । उनले विधानका विषयमा केन्द्रीय समितिमा छलफल गरेर जतिसक्दो छिटो विधानको मस्यौदालाई अन्तिम रूप दिनुपर्ने भएकाले समयलाई ध्यान दिँदै केही दिन जिल्ला नजान भनेका हुन् ।

बुधबारको अनौपचारिक बैठकमा नेताहरूबीच ९ गते केन्द्रीय समिति बैठक बस्ने, सो बैठकमा विधान समितिले विधानको मस्यौदा बुझाउने र दुई दिन केन्द्रीय सदस्यहरूलाई अध्ययन गर्न दिएर १२ मंसिरबाट केही धारणा भए राख्न समय दिइने सहमति भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.