चितुवाको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुन थालेपछि चितुवा खोज्दै

मंसिर ६, तनहुँ। तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुन थालेपछि त्यसलाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषका चार प्राविधिक टोलीले प्रयास थालेको छ ।

गत कात्तिक २८ गते उक्त नगरपालिकाको वडा नं ४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्सालको चितुवाको आक्रमणबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले चितुवा खोज्न प्रहरी परिचालन गरी चार दिन खोज्दासमेत नभेटिएपछि संरक्षण कोषका प्राविधिक मङ्गलबार तनहुँ आइपुगेका हुन ।

संरक्षण कोषबाट आएका प्राविधिकले मङ्गलबार भानुको जङ्गलमा खोर राखे पनि त्यहाँ चितुवा नआएकाले बुधबार पुनः जोखानेको जङ्गल क्षेत्रमा अर्को खोर राखिएको जिल्ला वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।

यसअघि विसं २०७४ फागुन १ गते वडा नं ३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो भने गत मङ्सिर १ गते पनि वडा नं २ निवासी सात वर्षीय सन्जन नेपाली घाइते भएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.