हिमालयन बैंकको मोबाइल बैंकिङ एप शुरु

मंसिर ५, काठमाडौं । हिमालयन बैंक लिमिटेडले औपचारिक रुपमा मंसिर ४ गतेबाट मोबाइल बैंकिङ एप शुरु गरेको छ । बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले उक्त मोबाईल एप शुभारम्भ भएको घोषणा गरेका हुन् ।

‘हेएर ईज योर न्यू बैंक’ तथा ‘विग बैंक इन स्मल साईज’ नाराका साथ यो मोबाईल एप प्रयोगमा ल्याएको हो । यो एप् मार्फत ग्राहकहरुले आफ्नो खाता बारे जानकारी लिने, चेक व्यवस्थापन गर्ने, आफुले उपभोग गरेको ऋणहरुको बारेमा जानकारी लिने, हिमालयन बैंकबाट उपलब्ध हुने सेवा र सुविधाहरुको बारेमा जानकारी लिने, हाल हिमालयन बैंक भित्रकै अर्को खातामा रकमान्तर गर्ने, विभिन्न विलहरुको भुक्तानी गर्ने, आफ्नो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिने लगायतका अन्य थुप्रै सेवा सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।

मोबाईल एप शुभारम्भ समाहरोहमा बोल्दै बैंकका उप महाप्रबन्धक उज्वल राजभण्डारीले बैंकले उक्त एपमा सुरक्षाका सम्पुर्ण आधुनिक प्रविधि उपलब्ध गराइएको र आगामी दिनमा आफ्ना ग्राहकहरुका लागी थप नविनतम प्रविधि उपलब्ध गराउदै जाने बताए । हिमालयन बैंकको देशभरि ५६ वटा शाखा तथा १०८ वटा एटिएम छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.