लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

मङसिर ५, पोखरा। पछिल्लो समयमा समाज बढ्दै गएको विभिन्न खाले हिंसाको न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोत्ता महासङ्घ गण्डकी प्रदेशले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा मङ्सिर ९ देखि २४ गतेसम्म प्रदेशका ११ वटै जिल्ला सदरमुकाममा कार्यक्रम गर्ने आज पोखरामा बसेको महासङ्घ प्रदेश बैठकले निर्णय गरेको हो । तीन समूहमार्फत मनाङ र मुस्ताङबाट शुरु गरिने सो अभियानअन्तर्गत समाजमा हुने महिला हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमको उद्देश्य रहेको महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि प्रदेश अध्यक्ष सुवेदीलाई कास्की, स्याङ्जा र तनहुँ, सचिव किशोर सापकोटालाई मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत तथा सदस्य अर्जुन श्रेष्ठलाई मनाङ, लमजुङ र गोरखाको जिम्मा लगाइको छ । नवलपुरको गौँडाकोटमा सो अभियान सम्पन्न हुनेछ । कार्यक्रममा तीनै तहका महासङ्घका पदाधिकारी तथा केन्द्रीय सदस्य, सरोकारवाला विभिन्न सङ्घसंस्था, कानून व्यवसायी, समाजसेवी, बुद्धिजीवी एवं सञ्चारकर्मी संलग्न रहने बताइएको छ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.