प्रदेश नं २ मा भोलि सार्वजनिक बिदा

मंसिर ४, धनुषा । प्रदेश नं २ सरकारले पैगम्बर मोहम्मदको जन्म दिन मङ्सिर ५ गते सार्वजनिक बिदा दिने भएको छ । सो प्रदेशका आठवटै जिल्लामा उक्त दिवसको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सो दिवसको अवसरमा प्रदेश नं २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिने सो मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । – रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.