जडिबुटीबाट रिभल्बर पेस्तोलसहित दुई जना पक्राउ

मंसिर ४, काठमाडौं । काठमाडौंको जडिबुटीबाट रिभल्बर पेस्तोल र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी–३ का २७ वर्षीय मनपुरण चौधरी र भुवन परियार छन् ।

उनीहरुलाई काठमाडौं महानगरपालिका ३२ जडिबुटी ढुंगेधाराबाट पक्राउ गरिएको महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले बताए । ज ११ प ४८६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट एक थान रिभल्बर र लागुऔषध नाईट्रभेट ट्याब्लेट ८४० वटा बरामद भएको एसएसपी लामाले बताए । पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट लागुऔषध र हातहतियार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.