धादिङमा दुई समुहहबीच ग्याङ फाइटमा प्रहरी घाइते

मंसिर ३, धादिङ । एकादशी मेला भर्न आएका गोर्खा र धादिङका युवाहरुबीच ग्याङ फाइट हुँदा प्रहरी सहित केही युवाहरु घाइते भएका छन्।

गए राती धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा गोरखा र धादिङका दुई समूहबीच झगडा भइरहेका बेला छुट्याउन गएका प्रहरी माथि हातपात भएको हो । ढुङगा र भाटा हानाहान भएपछि झगडा छुट्टाउन गएका प्रहरी घाइते भएका हुन्। झगडा गरिरहेका युवाहरुको ढुङ्गा लागेर धादिङका असई विनय कुमार पाण्डे घाइते भएको प्रहरीले जनाएको छ । पाण्डेको टाउकोमा गम्भीर चोट लागेको र उनलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ

। झडपमा ४ वटा बोलेरो र ६ वटा मोटरसाइकलमाथी तोडफोड भएको छ। गोरखातर्फको दुई वटा बोलेरो र ४ वटा मोटरसाइकल र धादिङतर्फको २ वटा बोलेरो र २ वटा मोटरसाइकलमा तोडफोड भएको जनाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भर्इरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.