तिब्बत जोड्ने सडक निर्माण सुस्त

मंसिर ३, दार्चुला । दार्चुला र बझाङबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सडक निर्माण सुस्त गतिमा भइरहेको छ ।

आर्थिक वर्ष २०६५।२०६६ मा चार वर्षमै निर्माण सक्नेगरी सुरु गरेको दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भञ्याङसम्मको एक सय ३५ किलोमिटर सडक खण्ड निर्माण वर्षौंदेखि कछुवा गतिमै छ ।

अहिलेसम्म यो सडकको ४० किलोमिटर ट्र्याक खोलिएको छ। त्यस्तै २०६८ सालदेखि नेपाल सरकारको सडक विभागले चाँडै सक्नेगरी निर्माण थालेको बझाङ सदरमुकाम चैनपुरदेखि उरै भञ्याङ नाका ताक्लाकोट सम्मको एक सय १७ किलोमिटर सडक खण्ड पनि सुस्तै छ ।

२०६८ अघि ड्रिलिपले सदरमुकाम चैनपुरदेखि रुपातोलासम्मको १८ किलोमिटर ट्र्याक खोलिसके पनि त्यसपछि जिम्मा लिएको सडक विभागले आठ वर्षमा रुपातोलादेखि क्रिकिट्टेसम्म १२ किलोमिटर मात्रै ट्र्याक खोलेको छ। ड्रिलिपले हात झिकेपछि सडक विभागले जिम्मा लिएको सात वर्ष भइसकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.