पत्रकार सिद्धिकीलाई उपचार खर्चको अभाव

मङ्सिर २, नेपालगञ्ज । नेपालगञ्जबाट प्रकाशित हुने समय अधिकार दैनिकका प्रकाशक÷सम्पादक रहिस अहमद सिद्धिकी पुनः अस्वस्थ हुनुभएको छ । उहाँको अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार, पत्रकार सिद्धिकीको कलेजो र मिर्गौलामा खराबी देखिएको छ ।

विगत छ महीनादेखि अस्वस्थ रहँदै आउनुभएका उहाँको भारतको लखनऊ र काठमाडौँको वीर अस्तपालमा उपचार गरिए पनि रोग सञ्चो हुनसकेको छैन । लामो समयको उपचारका कारण पत्रकार सिद्धिकीलाई अहिले आर्थिक सङ्कट परेको छ । उहाँले आफन्त, इष्टमित्रसँग ऋण सापटी लिएर उपचार गराइरहनुभएको छ । परिवारका सदस्यका अनुसार उहाँको उपचारमा दैनिक हजारौँ खर्च हुने गरेको छ । यहाँका केही पत्रकार र सामाजिक अभियन्ताले केही समयअघि आर्थिक सहयोग गरेका थिए ।  पत्रकार सिद्धिकीको दुई वर्षअघि मुटुको शल्यक्रिया भएको थियो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.