कपडा उद्योगीहरुको साताब्यापी आन्दोलन शुरु

मंसिर १, काठमाडौं । कपडा उद्योगीहरुले साताब्यापी आन्दोलन शुरु गरेका छन्। शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल कपडा उद्योग संघले एक हप्तासम्म उधोग बन्द गरि सकारलाई दबाब दिने जानकारी दिएको हो।

सरकारसँग पटक पटक बैठकमा बस्दा पनि रुग्ण स्वदेशी कपडा उद्योग संरक्षणमा ध्यान नदिएको भन्दै ब्यबसायीहरु आन्दोलनमा होमिएका हुन्। उद्योगीहरुको मागप्रति नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले पनि समर्थन गरेको छ। ब्यबसायीले गत असोज १३ गते सरकारलाई मागपत्र बुझाएको थियो ।

उनीहरुले सरकारले दिँदै आएको भ्याट फिर्ताको सुविधा आर्थिक ऐन ल्याएर खारेज गरेको, भारतीय बजारबाट भन्सार छलेर कपडा नेपाल भित्रिरहँदा पनि सरकारले केही नगरेको बताएका छन् । यसअघि सरकारले स्वादेशी कपडा उद्योगसँग लिँदै आएको भ्याट फिर्ता गर्दै आएको थियो ।
सात दिनसम्म पनि कपडा उद्योग संरक्षण गर्न सरकारले चासो नदिए अनिश्चितकालीन बन्द गर्ने नेपाल कपडा उद्योग संघले जनाएको छ । देशभरमा कपडाजन्य उद्योग ३ सय ५० को हराहारीमा रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.