चौध पुलको विस्तार प्रक्रिया शुरु

मंसिर १, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा रहेका १४ वटा पुराना पुलको विस्तार र नयाँ बनाउने प्रक्रिया शुरु गरिएको छ । विश्व बैंकको ऋण सहयोगमा ती पुल बनाउन लागिएको हो ।

सडक विभागका पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार माघ महीनाभित्रमा बोलपत्र आह्वान गर्ने गरी नक्साङ्कनको काम भइरहेको छ । विसं २०३८ मा ती पुल चिनियाँ प्राविधिकले निर्माण गरेकाले अहिले गरिएका नक्साङ्कनका बारेमा छलफल गर्न प्राविधिक विज्ञसमेत बोलाइएको उहाँले बताउनुभयो ।

छ मिटर चौडा पुललाई बढाएर ११ मिटर फराकिलो बनाइनेछ । दुई वटा नयाँ पुल बनाइनेछ भने १२ वटा पुलको दायाँबायाँ थप गरी विस्तार गरिने योजना छ । पुल निर्माण र मर्मतका लागि दुई अर्ब रुपैया लाग्ने अनुमान गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.