मुख्यमन्त्री राईले दिए बैंककबाट अमेरिका जानुको कारणबारे स्पष्टिकरण

मंसिर १, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफु बैंककबाट अमेरिका जानुको कारणबारे स्पष्टिकरण दिएका छन् । आफू घाँटीको उपचारका लागि थाइल्यान्डको बैंकक गएको र त्यहाँबाट निजी भ्रमणका सिलसिलामा अमेरिका गएको स्पष्ट पारेका छन्।

सरकारी अनुमतिबिना अमेरिका गएको भनी आलोचित मुख्यमन्त्री राईले आफू फर्केर आएको पाँच दिनपछि एक भिडियो सम्बोधनमार्फत विदेश भ्रमणबारे स्पष्टीकरण दिएका हुन्। उनले आफ्नोविरुद्ध सामाजिक सञ्जाल, डिजिटल मिडिया र केही छापामाध्यममा आधारहीन समाचार आएको भन्दै त्यसको भर्त्सनासमेत गरेका छन्। ‘म चिकित्सकहरुको सल्लाहमा उपचारमा विदेश गएको हो,’ उनले शुक्रबारको भिडियो सन्देशमा स्पष्टीकरण दिएका छन्।

उनले आफ्नो अमेरिका भ्रमणलाई अनावश्यक रुपमा विवादास्पद बनाउने प्रयास भएको भन्दै त्यसको भर्त्सना गरेका छन्। उनले अमेरिकामा आफू वा आफ्ना सहयोगी कुनै विवादमा नमुछिएको पनि स्पष्ट पारेका छन्। रिपोर्ट आउन समय लाग्ने भएकाले त्यहीबीच आफू केही दिनका लागि अमेरिका गएको उनको भनाई छ ।

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.