पेस्तोल सहित एक जना पक्राउ

कात्तिक ३०, नवलपरासी । नवलपरासीमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुर डेरा गरी बस्ने सोही गाउँपालिका घर भएका २४ वर्षीय मेलु मुसलमान रहेका छन् ।

अबैध हतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरीले उनको डेरा कोठा खानतलासीगर्दा सिरानीमुनि लुकाई राखेको अवस्थामा उक्त हतियार फेला परेको हो । पक्राउ परेका मेलुमाथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.