विराटनगरको विकासमा प्रदेश प्रमुखको चासो

कातिक ३०, विराटनगर। प्रदेश नं. १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले विराटनगरमा भइरहेका विकास र निर्माणका विषयमा चासो देखाउनुभएको छ । विराटनगर महानगरका प्रमुख भीमप्रसाद पराजुलीलाई बिहीबार उहाँले आफ्नै कार्यालयमा बोलाएर यहाँ भइरहेका गतिविधिका बारेमा जानकारी लिनुभएको हो ।

विराटनगर प्रदेश नं. १ को अस्थायी राजधानी र ऐतिहासिक शहर भएकाले यहाँको गतिविधिबारे जानकारी लिनका साथै विराटनगरलाई नमूना शहर बनाउन उहाँले सुझाव दिनुभएको महानगर प्रमुख पराजुलीले जानकारी दिनुभयो । विराटनगर विकासको बाटोमा लम्कीसकेको चर्चा गर्दै उहाँले विराटनगर महानगरभित्र भ्यू टावर, विराट राजाको दरवार, ४०० किमी सडक कालोपत्र, वैकल्पिक मार्ग विस्तार, स्वच्छ खानेपानीका लागि जाइकासंगको सहकार्य, खेलमैदान निर्माणलगायत कार्यक्रम अगाडि बढिरहेको पनि अवगत गराइएको बताउनुभयो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.