धर्म प्रचार गर्दै हिँड्ने दुई जापानीसहित एक अस्ट्रेलियन महिला पक्राउ

कात्तिक ३०, काठमाडौं। पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्दै हिँड्ने विदेशीलाई गृह मन्त्रालयले कारबाही सुरु गरेको छ ।

जापानी यासुको ओबा र मारी इकुरा तथा अस्ट्रेलियन महिला कटिया ग्राहमलाई जरिवाना गराएर निष्कासन गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

इसाई धर्म प्रचार गर्दैगर्दा पक्राउ परेका उनीहरु अहिले अध्यागमन विभागको हिरासतमा छन ।

यासुको र मारी १८ कात्तिकमा बुटवलबाट पक्राउ परेका थिए भने अस्ट्रेलियन ग्राहम गत सोमबार बर्दियाको गुलरियाबाट पक्राउ परेकी हुन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.