प्रधानमन्त्री ओलीसँग युएनका उपमहासचिव अमिनाको शिष्टाचार भेट

कात्तिक ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घ (युएन) का उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गर्नु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले युएनको शान्ति अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराउनु भएको छ । उपमहासचिव मोहम्मद शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय अभियानमा भाग लिन बुधबार नेपाल आउनु भएको हो । प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि निर्माणमा संयुक्त राष्ट्रसङ्घले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नु भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिनुभयो । “राष्ट्रसङ्घको ७३ औँ महासभामा भाग लिने क्रममा पनि यस विषयमा संयुक्त राष्ट्र सङ्घका महासचिवसँग विस्तृतमा कुराकानी भएको छ ”, प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै उहाँले भन्नुभयो, “नेपालको शान्ति, विकास र समृद्धिका लागि युएनले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।”

यसैगरी उपमहासचिव मोहम्मदले नेपालले दिगो विकास लक्ष्य सन् २०३० हासिल गर्नका लागि गरेको प्रयासको प्रशंसा गर्नुभएको परराष्ट्र सल्लाहकार डा भट्टराई जानकरी दिनुभयो । उहाँका अनुसार उपमहासचिव मोहम्मदले नेपालको राजनीति दिगो विकास लक्ष्य हासिल प्राप्त गर्न सही बाटोतिर गइरहेको भन्दै नेपाल सरकारको प्राथमिक क्षेत्रका आधारमा सहयोग गर्न तयार रहेको समेत उल्लेख गर्नुभएको छ । – रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.