साताको एक पटक पत्रकार सम्मेलनमार्फ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरिने

कात्तिक २९, काठमाडौं । मन्त्रिपरिषद्को निर्णयहरु अबदेखि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने भएको छ। सरकारले सूचना लुकाएको भन्दै चौतर्फी बिरोध भएपछि सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलन गरि गत आइतबार बसेको बैठकका निर्णयहरु सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

उनले सरकारको निर्णय सार्वजनिक गर्न हरेक साता एक पटक पत्रकार सम्मेलन आयोजना गरिने जानकारी दिए । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले सरकारको निर्णय परिपक्व हुन २४ घण्टा लाग्ने भएकाले हतारमा गलत न्यूज जानुभन्दा ढिला परिपक्व सूचना जानू राम्रो भनेर यस्तो व्यवस्था गरिएको बताए । अब मन्त्रिपरिषद्को निर्णयहरु इलेक्ट्रोनिक कपी, फोटोकपी, अडियो, भिडियोसहित सार्वजनिक गरिने भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.