कात्तिक २९, एजेन्सी । इङ्ल्यान्डबाट कीर्तिमानी गोल गरेका वायन रुनीले विदाइ खेलमा दश नम्बरको जर्सीसहित टोलीको कप्तानी गर्ने भएका छन् ।
३३ वर्षे रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट २०१७ मा सन्यास लिएका हुन् । तर बिहीबार वेम्बलीमा हुने अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेल रुनीका लागि इङ्ल्यान्डबाट १ सय २०औं तथा अन्तिम खेल हुनेछ । फावियन डेल्फले पहिलो हाफमा इङ्ल्यान्डको कप्तानी छन् । दोस्रो हाफमा बैकल्पिक खेलाडीका रुपमा मैदान छिर्दा डेल्फले रुनीलाई ‘आर्म ब्यान्ड’ सुम्पिने छन् । वेम्बली रंगशालामा रुनीलाई ‘गार्ड अफ अनर’ बाट सम्मान गरिनेछ ।
म्यान्चेष्टर युुनाइटेड र एभर्टनका पूर्व फरवार्ड रुनीले १ सय १९ औं खेलमा ५३ गोल गरेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । इङ्ल्यान्ड फुुटबल संघले रुनीको ‘कीर्तिमानी अन्तर्राष्ट्रिय करियर’ लाई सम्मान गर्ने अवसर भएको जनाएको छ । इङ्ल्यान्डले आइतबार नेसन्स लिगमा क्रोएसियाविरुद्ध खेल्नुअघि टोली छोड्ने छन् । म्यान्चेष्टर सिटीका डेल्फले आइतबारको खेलबारे भने, “म इङ्ल्यान्डको टोली पर्दा रुनी कप्तान थिए । उनले मलाई स्वागत गरेका थिए । रुनीले मलाई अंगालोमा बर्दै घरजस्तो वातावरण महशुस गराएका थिए । चाडो भन्दा चाडो म उनलाई आम ब्यान्ड हस्तान्तरण गर्न आतुर छुु । रुनीका लागि त्यो विशेष रात हुनेछ । उनको उपलब्धिलाई सम्मान गर्न पाउनु हाम्रो लागि महत्वपूर्ण हो ।” इङ्ल्यान्डका लागि कीर्तिमानी ५३ गोल गरेका रूनीले २०१६ नोभेम्बर यता इङ्ल्यान्डको टिमबाट खेलेका छैनन । रूनीको पछिल्लो खेलमा इङ्ल्यान्डले स्कटल्याण्डलाई ३—० ले पराजित गरेको थियो । गत जुलाईमा अमेरिका गएपछी रूनीले डिसि युनाइटेडबाट १२ गोल गरिसकेका छन् । मेजर लिग सकरको पुछारमा रहेको डिसी युनाइटेड रूनीको प्रेरणामा प्ले अफ खेल्न सफल भएको थियो ।
“रुनी यही समयमा मैदान प्रवेश गर्छन भनेर भन्न चाहन्न । किनकी खेलको अवस्था कस्तो हुन्छ थाहा हुँदैन” इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले भने, “हामी उनलाई पर्याप्त समय दिन्छौं तर त्यससँगै आइतबारको तयारीका लागि टोलीमा यूवा खेलाडीको संयोजन पनि मिलाउनु पर्छ । आइतबारको खेल हाम्रो अर्को प्राथमिकता हो । त्यो हामी सबैका लागि महत्वपूर्ण छ ।”

