आर्थिक नीतिमा फेरबदल गर्दै कांग्रेस

कात्तिक २९, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो आर्थिक नीतिमा फेरबदल गर्ने भएको छ ।

पटक-पटक सरकारको नेतृत्व गर्दा जनअपेक्षा अनुरुप आर्थिक रुपान्तरण गर्न नसकेको आरोप खेप्दै आएको कांग्रेसले आर्थिक नीति समयसापेक्ष बनाउने तयारी थालेको छ ।

नयाँ आर्थिक नीति बनाउनका लागि सहमहामन्त्री डा। प्रकाशशरण महतको संयोजकत्वमा गठित समितिले बुधबार विज्ञहरुसँग छलफल गरेको छ । प्रत्येक जिल्लामा जिल्लास्तरीय नेता–कार्यकर्ताको सुझाव संकलन गरिसकेको संयोजक महतले बताए । “अहिले विज्ञहरु र पार्टीका साथीहरुको रायसुझाव लिने काम भइरहेको छ । सबैको सुझाव संकलन गरेपछि आर्थिक नीतिको मस्यौदा तयार गर्छौ,” डा। महतले भने ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.