ललितपुर महानगरद्वारा आकाशेपुलको सम्भाव्यता अध्ययन सुरु

कात्तिक २८, काठमाडौं । ललितपुर महानगरपालिकाले आकाशेपुल (फ्लाइओभर) निर्माणको सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

पुल्चोकदेखि कुपन्डोलसम्म आकाशेपुल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको महानगरपालिकाले जनाएको छ । पुल निर्माणमा लाग्ने लागत, उपयुक्त स्थानलगायत विषय अध्ययन प्रतिवेदनमा आउने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

अध्ययनका लागि महानगरपालिकाले रु ९८ लाख बजेट छुट्याएको छ । अहिले जापानी सहयोग नियोग (जाइका)ले पुलका लागि चासो देखाएको छ । जाइका एक्लैलाई गर्न दिने अथवा अरू साझेदारसँग सहकार्य गर्ने भन्ने अध्ययनपछि टुंगो लाग्ने बताइएको छ । उनले भने–‘विभिन्न दातृराष्ट्रले यसमा चासो देखाएका छन् ।’ यस्तै, काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरदेखि थापाथली र थापाथलीदेखि माइतीघरसम्म पुल निर्माणका लागि अध्ययन थालेको छ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.