भैरहवा मालपोतमा अनलाइनबाट सेवा प्रदान

कात्तिक २८, भैरहवा । मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरु गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरी मालपोत कार्यालयले अनलाइन सेवाबाट आफ्ना काम शुरु गरेको जानकारीदिएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक मुक्तिप्रसाद आर्चायले सो अनलाइन सेवाको सुभारम्भ गर्दै सरकारले लिएको रणनीतिअनुसार अगाडि बढेको बताउनुभयो ।

राजश्व तथा सेवा प्रवाह र अभिलेखको सुरक्षा गर्नका लागि मालपोत कार्यालयले अनलाइन सेवा विस्तारमा रहेको बताउँदै महानिर्देशक आर्चायले अबका केही वर्षमा नेपालका सबै मालपोत डिजिटल सेवामा प्रवेश गर्ने जानकारी दिनुभयो ।सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले समयको मागअनुसार जनसरोकारका कार्यालयहरु परिमार्जित हुनुपर्ने भन्दै अनलाइन सेवालाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । मालपोत कार्यालय भैरहवाका प्रमुख शिवप्रसाद रेग्मीले जनतालाई छिटो र सरलरुपमा सेवा दिन आफू र आफ्नो टोली तयार भएको बताउनुभयो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.