मुलुकमा निर्यात गर्न उद्यमीलाई पाँच वर्षसम्म अनुदान दिने

कात्तिक २७, काठमाडौं । सरकारले स्वदेशी हस्तकलाका समान विभिन्न मुलुकमा निर्यात गर्न सम्बन्धित उद्यमीलाई पाँच वर्षसम्म अनुदान दिने भएको छ ।

नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले हस्तकला क्षेत्रले रोजगारी वृद्धि गरी आर्थिक सशक्तिकरणमा सहयोग पुर्याउने भएकाले यसको संरक्षण र निर्यात बढाउनुपर्नेमा जोड दिए ।

हस्तकलाले लोपोन्मुख कलाकृतिको जगेर्ना र मुलुकलाई समृद्धितर्फ लैजाने उल्लेख गर्दै उनले मौलिक कलालाई विश्व बजारको मागअनुसार विकसित गर्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले मुलुकको विकास तथा जनताको आर्थिक प्रगतिका लागि सरकारले निजी क्षेत्रको समन्वयमा उत्पादन क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.