कात्तिक २८, काठमाडौं । नेपाल प्रहरीमा पहिलो पटक महिला एआइजी बनेकी छन । स्थापनाको ६३ वर्षपछि डा। दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् ।
प्रहरी अस्पतालमा कार्यरत डा। दुर्गा थापालाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजीमा बढुवा गरेको हो । उनलाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानी चिह्न लगाइदिएका छन् ।
उनलाई गत २४ असोजमा बसेको बढुवा समितिको बैठकले एआइजी बढुवामा सिफारिस गरेको थियो । सिफारिस भएको करिब एक महिनापछि उनको बढुवा भएको हो । यसअघि नेपाल प्रहरीमा डिआइजी पदसम्म मात्र महिला पुगेका थिए ।
मन्त्रिपरिषद्को बैठक बस्न धेरै समय लागेकाले उनको बढुवा लम्बिएको हो । थापा प्रहरी अस्पतालमा कार्यरत छिन । अब एआइजीका रूपमा उनीले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नेछिन् । एआइजीमा पदोन्नति भएकी थापा दन्त चिकित्सक हुन् ।

