नेपाल र बंगलादेशबीचको खेल बराबरीमा

कात्तिक २७, काठमाडौं । म्यानमारमा जारी महिला फुटबलको ओलम्पिक छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको छ । याङ्गोनस्थित थुवुना रंगशालामा खेलको १७ औं मिनेटमा कप्तान निरु थापाले अग्रता बनाए पनि नेपाल खेलको अन्तिम समयमा गोलको शिकार भयो ।

खेल सकिन ३ मिनेट बाँकी छँदा बंगलादेशकी अखि खातुनले गोल गरेपछि खेल बराबरीमा सकिएको हो । यसअघि नेपालले घरेलु टोली म्यानमार र भारतसँग पनि १–१ को बराबरी खेलेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.